अनिल परियारको हत्यामा संलग्नलाई पक्राउ गर्न कांग्रेसको माग

भरतपुर । नेपाली कांग्रेस बागमती प्रदेशका प्रतिनिधि अनिल परियारको हत्यामा संलग्नलाई तत्काल पक्राउ गर्न माग गरिएको छ ।

नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले विज्ञप्ति जारी गरी हत्यामा संलग्न हुनेलाई तत्काल पक्राउ गरी सार्वजनिक गर्न र घटनाको गहिरो गरी अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाउन माग गरेका छन् ।

भरतपुर महानगरपालिका–७, कृष्णपुरमा गए राति करिव ७ः३० बजे अज्ञात समूहको छुरा प्रहारबाट परियारको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । घाइते परियारलाई उपचारको लागि चितवन मेडिकल कलेज ल्याएपछि चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।

हत्याका विरोधमा भरतपुरमा एक घन्टा चक्काजाम समेत गरिएको थियो । हत्यामा संलग्नको खोजी गरी कारबाही गर्ने प्रहरी प्रशासनले सहमति गरेपछि विरोधका कार्यक्रम हाल रोकिएको छ । परियारको शव पोष्टमार्टमको लागि भरतपुर अस्पताल ल्याइएको छ ।

प्रहरीले घटनामा संलग्न फरार अभियुक्तहरूको खोजी भइरहेको र घटनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *