आचारसंहिता पालना गर्न प्रेस काउन्सिलको अपिल

काठमाडौँ । प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिता दुवैका सम्बन्धमा आफूले कडा निगरानी गरिरहेको जानकारी दिँदै निर्वाचनको मिति नजिकिँदै जाँदा आचारसंहिता उल्लंघन भएको पाइएकोमा सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ।

काउन्सिलले पत्रपत्रिका, रेडियो, टेलिभिजनदेखि लिएर अनलाइन मिडियामासम्म प्रचारप्रसार हुँदै आएका सामग्रीहरूलाई आफूले पत्रकार एवं निर्वाचन आचारसंहिताका आधारमा सुक्ष्मरूपमा अध्ययन गरिरहेको बताएको छ। काउन्सिलले पत्रकार संघ-संगठनमा आबद्ध जिम्मेवार पदाधिकारीहरूबाट नै आचारसंहिता उल्लंघन भएकोमा आचारसंहिता पालनामा गम्भीर हुन अपिल गरेको छ।

पत्रकारजगतबाट नै कुनै दल वा गठबन्धनको पक्षमा मत गर्न आह्वान गर्दै प्रसारित सामग्रीले स्वतन्त्र उम्मेदवारहरूलाई प्रभावित बनाउने र आम मतदाताहरूमा अन्योल सिर्जना गर्ने भन्दै काउन्सिलले आचारसंहिताविपरीत प्रचारप्रसार नगर्न प्रेस काउन्सिल नेपालले विशेष अपिल पत्र सार्वजनिक गरी सम्बन्धित संघ-संस्थालाई सचेत गराएको हो।

प्रेस काउन्सिलद्वारा सार्वजनिक अपिल पत्रः
No description available.

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *