गठबन्धनका नेताले मत माग्ने नाममा जनता तर्साए : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कसैले तर्साउँदैमा जनता नतर्सने बताएका छन् ।

आइतवार बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धन दलका नेताहरूले मत माग्ने नाममा जनता तर्साउँदै हिँडेको भन्दै कसैले तर्साउदैमा जनता नतर्सने बताएका हुन् ।

एमालेले अघि सारेका विकास योजनालाई वर्तमान सरकारले अवरुद्ध पारेको भन्दै ओलीले वैशाख ३० गतेको चुनावमा जनताले जरादेखि टक्टक्याएर फ्याक्ने जिकिर गरे । अध्यक्ष ओलीले आगामी जेठ १५ गते गठबन्धनको सरकारको अन्तिम बजेट हुने समेत बताए ।

उनले मुलुकलाई समृद्धिको दिशतर्फ अघि बढाउनका साथै संघीय र प्रदेश सरकार बनाउँदा विनियोजित हुने बजेट अलपत्र हुनबाट जोगाउन एमाले जित आवश्यक रहेको धारणा राखे ।

यसअघि एमालेले बुटवल नगरमा धेरै नै विकासका काम गरेको भन्दै थप विकासको जिम्मा पनि एमालेलाइ दिन उनले आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *