काँग्रेसले संसद्लाई बन्धक बनायाे : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसले संसद्लाई बन्धक बनाएको र स्वतन्त्र न्यायपालिकामाथि आघात पुर्याएको आरोप लगाएका छन् ।

आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष ओलीले संसदीय मूल्य र मान्यतालाई कुल्चिँदै काँग्रेसले संसद्लाई बन्धक बनाएको र स्वतन्त्र न्यायपालिकामाथि आघात पुराएको आरोप लगाएका हुन् ।

तत्कालीन अवस्थामा संसद् विघटनको विकल्प आफूहरूसँग नरहेको उल्लेख गर्दै ओलीले संविधानको रक्षा गर्न जनाधिकारको संरक्षण गर्न र देशलाई थप षड्यन्त्रको चक्रव्यूहबाट जोगाउन जनादेशका लागि जनतामा जाने निष्कर्षमा पुगेको तर्क गरे । तर अदालतको परमादेशले सरकार बदलिएको र सार्वभौम नेपाली जनताको आफ्नो सरकार निर्माण गर्ने संवैधानिक अधिकारमाथि कुठाराघात भएको उनले बताए ।

उनले विकासका लागि राष्ट्रिय सङ्कल्पको कार्यान्वयन गर्न भिजनरत राष्ट्रिय शक्ति आवश्यक भएको भन्दै एमालेमा मात्रै आँट र सङ्कल्प भएको बताए । ओलीले प्रचण्डले माओवादी केन्द्रलाई भोट दिनका लागि चितवनवासीलाई तर्साउने र धम्काउने काम गरेको आरोप लगाए ।

निर्वाचन आयोगले मतपत्रको रङ्ग परिवर्तन काँग्रेसको चाहना अनुसार गरेको उनले बताए । उनले एउटा दलले अर्को दलको प्रचार गर्न नपाइने भए पनि आचारसंहिता विपरीत गठबन्धनका शीर्ष नेताहरू प्रचारको कार्यमा सहभागी भएको तर्क पनि गरे । ओलीले वैशाख ३० गते नै गठबन्धनका लागि ठुलो सङ्कटको दिन भएको भन्दै असार १७ पछि भने गठबन्धन टुट्ने कुरा ज्योतिषीहरूले भनेको टिप्पणी गरे ।

पत्रकार सम्मेलनमा ओलीले निर्वाचनका लागि ६७ बुँदै अपिल पढेर सुनाएका थिए । अपिलमा ओलीले यसअघिको एमाले सरकारले गरेको काम र भावी योजनाका साथै वर्तमान सरकार र गठबन्धन दलहरूको आलोचना गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *