एमालेको विजय सुनिश्चित देखेपछि गठबन्धन आत्तिए : बादल

चितवन । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले यसपटकको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको विजय सुनिश्चित देखेपछि गठबन्धन आत्तिएको दावी गरे ।

आज भरतपुरमा नेकपा एमाले चितवनले गरेको पत्रकार सम्मेलनमा नेता बादलले भने, ‘दक्षिणपन्थी गठबन्धन आफ्ना उमेदवारलाई जिताउन अनेक हत्कण्डा अपनाउन थालेका छन्, पराजयबाट आक्रोशित भएर जसरी पनि जित्न अनेक हत्कण्डामा लागेका छन् ।’

उनले एमालेको विजय सुनिश्चित हुने देखेपछि गठबन्धन अत्तालिँदै अनेकौ हत्कण्डा मच्याउन थालेको बताए । पत्रकार सम्मेलनमा नेता बादलले भने, ‘जनताको अत्याधिक मतले नेकपा एमालेको जित सुनिश्चित छ, पालिकामा एमालेको सरकार बन्ने पक्का भएपछि गठबन्धन चुनाव सार्न खोजेका थिए, हाम्रै पार्टीको दबाबले सकेनन् ।’

नेता बादलले डडेलधुरा र चितवनबाट जित्नको लागि हत्कण्डा सुरु भएको बताए । उनले भने, ‘डडेलधुरामा कांग्रेसले नजिते बजेट पठाउँदैनौँ भनियो, चितवनमा गठबन्धनले नजिते देश दुर्घटनामा पर्छ भनियो, यस्ता हत्कण्डा सुरु भएको छ, आत्तिएका छन्, तर जनताको मतले एमालेलाई हराउने शक्ति कसैसँग छैन ।’

देशको चौतर्फी विकास गर्ने ठोस नीति नेकपा एमालेसँग मात्र रहेको हुनाले नेता बादलले दावी गरे । उनले भने, ‘समृद्ध नेपाल र सुखी नेपालीको नारालाई साकार पार्न एमालेकै सरकार फेरि आउँछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =