गोकर्णेश्वरमा एमालेको चुनावी र्‍याली (तस्बिरहरू)

काठमाडाैँ । चुनावको दिन नजिकिँदै गर्दा राजनैतिक दलहरू आ-आफ्ना चुनावी अभियानमा व्यस्त छन् । दलहरू घरदैलो अभियान देखि सामाजिक सञ्जाल सम्म मतदाता समक्ष मत माग्न मै व्यस्त छन् । ७५३ वटै स्थानीय निकायमा एकैपटक हुन लागेको यसपालिको स्थानीय निर्वाचनले हरेक ठाउँ तताइरहेको छ ।

काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा पनि चुनावी माहौलले नगर क्षेत्र तातेको छ । सबै राजनैतिक दल र स्वतन्त्र उम्मेदवारहरू अहिले मतदातालाई आफूप्रति आकर्षित गर्न अनेक कार्यक्रम लिएर मतदातासामु गइरहेका छन् ।

यस क्रममा आज नगरपालिका क्षेत्रमा नेकपा एमालेले नगरस्तरीय चुनावी र्‍याली निकालेको छ ।
काठमाडौँ महानगर पालिकासँग सिमाना जोडिएको बौद्ध पिपलबोट देखि सुन्दरीजल सम्म एमालेले र्‍याली निकालेको हो ।

मोटरसाइकल र पैदलसहित निकालिएको उक्त र्‍यालीमा नेकपा एमालेका केन्द्रीय सदस्य तथा संघीय सांसद कृष्ण राई, मेयरका उम्मेदवार उद्धव विष्ट, उपमेयर कि उम्मेदवार सान्नानी लामा सहित बागमती प्रदेश सांसद रामेश्वर फुयाँल र नगरपालिकामा वडा अध्यक्ष र सदस्य पदका उम्मेदवार सहित कार्यकर्ताको उपस्थिति रहेको थियो ।

संघीय निर्वाचन क्षेत्र , काठमाडौँ क्षेत्र नं ३ को अधिकांश भूभाग यस नगरपालिकामा पर्दछ । संघीय क्षेत्रमा एमाले बलियो रहेतापनी नगरपालिकामा भने गएको स्थानीय निर्वाचनमा कांग्रेसले अत्यधिक स्थानमा जित निकालेको थियो ।

तर राजनैतिक समीकरण भने केही फरक छ । एमाले बाट फुटेको एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको गठबन्धन रहेको यस नगरपालिकामा एमालेलाई सोचेजस्तो सफलता निकाल्न मुस्किल हुने राजनैतिक विश्लेषक हरू बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *