गठबन्धनका नाममा महिला कोटा आफन्तलाई बाँडे -ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका नाममा आफन्तलाई महिला कोटा दिएको आरोप लगाएका छन्।

चुनावी अभियानमा सहभागी हुन इटहरी आएका ओलीले सभालाई सम्बोधन गर्दै गठबन्धनका नाममा छोरी, बुहारी, श्रीमतीलाई महिला कोटा दिलाउने गठबन्धनले अन्यत्र महिला उम्मेदवारबाट वञ्चित गरेको बताएका हुन्। उनले देउवाप्रति कटाक्ष गर्दै भने, ‘गठबन्धनका नाममा महिलाको कोटाहरू आफ्ना छोरी, बुहारी र श्रीमतीलाई दिलाउने काम भएको छ। एमालेले ५५ ठाउँमा महिलालाई प्रमुखमा उम्मेदवार बनाएको छ, तपाईंका उम्मेदवार फिर्ता गर्नुस्।’ यसअघि, देउवाले चितवनमा महिलालाई प्रमुखमा उठाएको भन्दै सबैलाई सहयोग गर्न भनेका थिए।

भरतपुरमा रेणु दाहालले नजिते मुलुक दुर्घटनामा जाने भनी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्ति पराजयको स्वीकारोक्ति भएकोसमेत ओलीको टिप्पणी छ। स्थानीय तहको निर्वाचनमा मतदाता अलमलमा पर्न सक्नेतर्फ संकेत गर्दै नयाँ मतदातालाई गल्ती नगरी मतदान गर्न आग्रह गरे।

‘नयाँ मतदातालाई अलमलमा पार्ने खालका कार्यहरू हुन सक्छन्’, ओलीले भने, ‘गल्ती नगरी मतदान गर्नुस्।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *