‘जिम्बावे ए’विरुद्ध नेपालको सानदार जित (भिडियोसहित)

काठमाडौँ । दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले पाहुना टोली जिम्बावे ए विरुद्ध सानदार जित निकालेको छ।

किर्तिपुरस्थति टियु क्रिकेट मैदानमा शनिबार नेपालले जिम्बावे ए लाई ९ विकेटले हराएको हो। जिम्बावेले दिएको ८८ रनको लक्ष्य नेपालले ११ ओभर २ बलमा १ विकेटको क्षतीमा ८९ बनाउदै लक्ष्य पूरा गरेको छ। नेपालको जितमा सुनिल धमलाले सर्वाधिक ३८ रन बनाए भने आसिफ शेखले अविजित ३४ रन जोडेका छन्। विनोद भण्डारी ४ रनमा अविजित रहे।

त्यस्तै, जिम्बावेका ब्राण्डन माभुताले १ विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावे ३१ ओभर १ बलमा अलआउट हुँदै ८७ रन बनाएको थियो। नेपालका सोमपाल कामी र करण केसीले ३-३ विकेट लिए। सन्दीप लामिछानेले २ तथा सागर ढकालले १ विकेट लिए।

जितसँगै नेपालले तीन खेलको सिरिजमा १–१ को बराबरी समेत गरेको छ। अन्तिम तथा तेस्रो एकदिवसीय सोमबार हुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *