प्रहरीको सहयोगमा उपत्यकाको फोहोर ढुवानी

काठमाडौँ । सुरक्षा निकायको सहायता लिएर आजदेखि उपत्यकाको फोहोर ढुवानी गरिँदैछ । पासाङ ल्हामु सडकखण्ड कालोपत्र गर्न माग राख्दै स्थानीयले अवरोध गर्दै आएपछि काठमाडौँका सडक किनार दुर्गन्धित बनेको धेरै भइसकेको छ ।

सडक निर्माणलगायत माग राखेर स्थानीयले यही वैशाख ११ गतेदेखि पछिल्लो पटक फोहोर ढुवानी अवरुद्ध गर्दै आएका छन् । सडक निर्माण हुँदैछ तर अहिले स्थानीयले राजमार्गबाट फोहोर ढुवानी गर्न कुनै पनि हालतमा नदिने भन्न थालेका छन् ।

अवस्थाका बारेमा जानकारी दिँदै महानगरको वातावरण तथा कृषि विभागका निर्देशक प्रमुख सरिता राईले अवस्था र योजना जानकारी गराउँदै हिजो गृह मन्त्रालयलाई पत्र पठाएको बताइन् । उनले आजदेखि सुरक्षा निकायको सहायता लिएर आजदेखि उपत्यकाको फोहोर ढुवानी गरिन लागेको जानकारी दिएकी छन् । -नयाँ पत्रिकाबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *