शान्तिवाटिकामा गठबन्धनकाे कार्यक्रमअघि शंकास्पद झाेलाले निम्त्याएकाे आतङ्क (तस्बिरसहित)

काठमाडाैँ । शुक्रबार सत्तारुढ पाँचदलीय गठबन्धनले काठमाडाैँमा चुनावी सभाकाे आयाेजना गर्दै थियाे । बिहीबार भरतपुर पुगेर चुनावी सभा गरेकाे गठबन्धनले काठमाडाैँमा रत्नपार्ककाे शान्तिवाटिकामा सभाकाे आयाेजना गर्दै थियाे ।

कार्यक्रमकाे तयारी हुँदै थियाे । केन्द्रीय नेताहरूकाे नेतृत्वमा कार्यक्रमस्थल सजावटका काम भइरहेकाे थियाे । साेही समयमा कार्यक्रमस्थल नजिकै एक बेवारिसे झाेला देखियाे । सबैकाे ध्यान त्यतै केन्द्रित भयाे । केही छिन कार्यक्रमस्थल सजावटकाे कामसमेत प्रभावित भयाे । यसकै कारण पनि कार्यक्रम केही उता धकेलियाे । पूर्वनिर्धारित समयानुसार १२ बजे शुरू हुनुपर्ने कार्यक्रम झन्डै ३ बजेमात्रै शुरू भयाे ।

अझै झाेला लिन काेही नआएपछि सुरक्षा बलसमेत सशंकित भयाे । त्यसपछि नेपाल प्रहरीकाे कुकुर ल्याएर झाेला सुघाइयाे । अन्त्यमा झाेलामा केही नभएकाे प्रमाणित सुरक्षा बलले गर्‍याे । कुकुरले भुकेपछि झाेला सुरक्षा बलले नै लियाे । त्यसपछि साेही ठाउँमा कार्यक्रम शुरू भयाे ।

कार्यक्रमलाई प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ, राष्ट्रिय जनमाेर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायतका सम्बाेधन गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *