यूनियन लाइफको चौथो वार्षिक साधारसभा सम्पन्न

काठमाडौँ । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथो वार्षिक साधारण सभा शुक्रबार भैरहवामा सम्पन्न भएको छ । आर्थिक वर्ष २०७६÷७७ को वार्षिक साधारणसभाले कम्पनीको नयाँ सञ्चालक चयन गरेको छ ।

सभाले कम्पनीको संस्थापक समूहतर्फ शुलभ अग्रवाल, संदिपकुमार अग्रवाल, जीवनकुमार अग्रवाल, सीमा गोल्छा र सर्वसाधारण समूहतर्फ सीताराम अग्रवाल र सचिन आचार्यलाई निर्विरोध चयन गरेको हो । निर्वाचित सञ्चालकको शुक्रबार नै बसेको सञ्चालक समितिको बैठकले सञ्चालक शुलभ अग्रवाललाई अध्यक्षमा चयन गरेको छ ।

यसैगरी सो साधारण सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र लेखापरीक्षककोे नियुक्ति सर्वसम्मत रुपमा गरेको छ । यस्तै सभाले प्रमुख कार्यकारी अधिकृत र स्वतन्त्र विज्ञ सञ्चालकको नियुक्ति भएको विषयलाई सर्वसम्मतीले अनुमोदन गरेको छ ।

त्यस्तै बीमा समितिले तोकेको समयभित्र ५ अर्ब चुक्ता पूँजी पुर्याउन अन्य जीवन बीमा कम्पनीबीच एक आपसमा मर्ज हुने (गाभ्ने/गाभिने), प्राप्ती गर्ने एक्विजिशन) गर्ने कार्यको लागि सञ्चालक समितिलाई अख्तियारी दिएको छ ।

बीमा समितिले २०७९ चैत्र मसान्तभित्र जीवन बीमा कम्पनीको चुक्ता पूँजी ५ अर्ब पुर्याउन निर्देशन दिएको थियो । कम्पनी मर्जरको लागि विस्तृत लेखा परीक्षण (डीडीए) गर्न मूल्यांककर्ता नियुक्त गर्ने प्रयोजनको लागि पनि सभाले सञ्चालक समितिलाई अख्तियारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *