आफ्नै आमाबुवाको हत्या गरेको अभियोगमा पक्राउ

ताप्लेजुङ । आफ्नै बुवाआमाकाे हत्या गरेकाे आराेपमा १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका-६ गोटी थाङ्गा बस्ने २५ वर्षीय आइतराज लिम्बू रहेकाे प्रहरीले जनाएकाे छ ।

उनलाई आफ्नै बुवा ७० वर्षीय बीर्ख बहादुर लिम्बु र आमा ७२ वर्षीया थिपरानी लिम्बूको खुकुरी प्रहार गरी हत्या गरेको आराेप छ ।

आइतराजले आफ्नै बुवा र आमाको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी लेलेपबाट खटिएको प्रहरीले उनलाई खुकुरी सहित पक्राउ गरेको हो ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेकाे बताएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *