एमालेको विरासत जोगाउन पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे गृहजिल्लामा

चितवन । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे गृहजिल्ला चितवनमा चुनावी सभाहरूमा सक्रिय भएका छन् ।

चितवनको क्षेत्र नं १ मा पर्ने रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका र राप्ती नगरपालिकाको नेकपा एमालेका चुनावी सभाहरूमा सक्रिय भएका छन् ।

खैरहनीमा एमाले विरासत जोगाउने दाउमा छ । २०७४ मा खैरहनी नगरपालिकाको मेयरमा एमालेबाट लालमणि चौधरी निर्वाचित भएका छन् ।

एमालेले यसपटक पनि चौधरीलाई मेयरको उमेदवार बनाएको छ । रत्ननगर, खैरहनी र राप्तीमा पूर्वअर्थमन्त्री पाण्डे चुनावी अभियानमा छन् ।

खैरहनीमा १३ वटा वडा छन् । यसअघि ७ वटा वडा एमालेले जितेको थियो । नेता सुरेन्द्र पाण्डे एमालेले चितवनको सबै पालिका जित्ने दावी गर्छन् । उनी भन्छन्, ‘म सबै पालिकाका चुनावी सभामा छु, एमालेको माहाैल ज्यादै राम्रो छ । हामी यसपटक सबै पालिका जित्छौँ ।’

सत्ता गठबन्धनको चुनौती रहेपनि खैरहनीमा नेकपा एमालेका उम्मेदवारहरू आक्रमक रूपमा घरदैलोसँगै कोण सभामा व्यस्त छन् । नगर प्रमुख पदका उम्मेदवार लालमणि चौधरी, उपप्रमुख पदका उम्मेदवार कविता उप्रेती वडा–वडामा पुगेर मत मागिरहेका छन् । उनीहरूले नगरको ८ वटा वडामा घरदैलो गरिसकेका छन् । अब वडा नम्वर ८, १०, ११, १२ र १३ वाँकी छ । एमालेले अघिल्लो निर्वाचनको विरासत जोगाउँदै केही वडा थप गर्ने रणनीति बनाएको छ ।

खैरहनीको वडा नम्वर ४ र ५ लाई कांग्रेसको गढको रूपमा लिने गरिए पनि एमालेको घरदैलो कार्यक्रममा स्थानीयको उत्साजनक उपस्थिति र मायाले उत्साहित भएको एमालेबाट खैरहनीमा नगर प्रमुख पदका उम्मेदवार तथा पूर्व नगर प्रमुख लालमणि चौधरीले बताए । ‘घरदैलोका क्रममा स्थानीयले देखाएको सहभागीता र मायाले उत्साहित छु’, चौधरीले भने, ‘जनताको साथलाई कहिले विश्वासघात गर्दिन्, आफ्नो क्षमताले भ्याएको काम गर्नेछु ।’

पहिलो कार्यकालमा पनि नगरको क्षमताले भ्याएसम्मको काम गरेको स्मरण गर्दै पूर्व नगर प्रमुख चौधरीले निर्वाचित भएमा लोककल्याणकारी कामलाई प्राथमिकता दिने बताए । यता सत्ता गठबन्धनमा रहेका दलहरू पनि चुनावी प्रचार प्रसार र घरदैलोलाई तीव्र पारेका छन् ।

खैरहनीको गठबन्धनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र छन् । नेकपा समाजवादीको भागमा प्रमुख, उपप्रमुख नपरेकाले समाजवादी अहिले चुपचाप छ । खैरहनीमा गठबन्धनबाट नेपाली कांग्रेसको भागमा नगर प्रमुख केन्द्रको भागमा उपप्रमुख परेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 6 =