बस सेवाबाट अनलाइन टिकट बुकिङ्ग गर्नेलाई सुनको असर्फी

काठमाडौँ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदानका लागि जाने यात्रुलाई लक्षित गर्दै बस सेवाले विशेष अफर सार्वजनिक गरेको छ ।

अफर अन्तर्गत बससेवा डटकम मार्फत अनलाइन टिकट बुकिङ्ग गर्ने यात्रुले सुनको असर्फी जित्न सक्नेछन् । वैशाख २३ गतेदेखि जेठ ५ गतेसम्म बससेवा मार्फत अनलाइन बस टिकट बुकिङ्ग गर्ने यात्रुमध्ये ३ जनालाई गोलाप्रथा मार्फत सुनको असर्फी प्रदान गरिने कम्पनीले जनाएको छ ।

यस्तै सोही अवधिमा बस टिकट काट्नेमध्ये २० जनाले क्यूएफएक्स् टिकट प्राप्त गर्नेछन् भने २७ जना यात्रुले अल्टिमेट वाटर एडभेन्चर्स कम्पनीको तर्फबाट नारायणी नदीमा मोटरबोट चढ्ने टिकट प्राप्त गर्नेछन् । विजेताहरुको घोषणा निर्वाचन सकिएपछि गोलाप्रथाबाट गरिनेछ ।

स्थानीय तहको निर्वाचनमा उत्साहजनक सहभागिता होस् र मतदान गर्न जाने यात्रुलाई सहज रूपमा बस टिकट उपलब्ध गराउने उदेश्यले यस्तो अफर सञ्चालन गरिएको बससेवाका प्रमुख कार्यकारी पीआर खनालले बताए । उनले भने, ‘निर्वाचनमा धेरै भन्दा धेरै मत खसोस् भन्ने सरकार र राजनीतिक दलको चाहना हुन्छ, यो समयमा धेरै मतदाता गाउँ फर्कनुहुन्छ, उनीहरुलाई मतदान गर्न जाँदा बस टिकट नपाएर समस्या नपरोस् भन्ने उदेश्यले यस किसिमको योजना ल्याइएको हो ।’

पछिल्ला दिनमा गाउँ फर्कने यात्रुको संख्या बढ्न थालेकोले टिकट नपाउने अवस्था सिर्जना नहोस् भन्दै बससेवाले समयमै आफ्नो बस टिकट बुकिङ्ग गर्न समेत सबै यात्रुलाई अनुरोध गरेको छ ।

बससेवा डटकम नेपालको एकमात्र अनलाइन बस टिकटिङ माध्यम हो । बससेवाले नेपालभरका एसी, डिलक्स्, हाइस लगायतका बस टिकट उपलब्ध गराउनुका साथै बस रिजर्भेसनसमेत अनलाइनबाटै गर्दै आएको छ । यात्रुहरूले बससेवा डटकम, बससेवाको मोबाइल एप्लिकेशन तथा इसेवा, फोनपे, खल्ती, प्रभुपे लगायत नजिकै रहेका साइबर, कम्युनिकेशन तथा मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङमार्फत अनलाइन टिकट काट्न सकिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *