एनएमबि बैंकको मोबाइल एपबाट खानेपानीको महशुल भुक्तानी गर्न मिल्ने

काठमाडौँ । एनएमबि बैंकको मोबाइल एपबाट खानेपानीको महशुल सजिलै भुक्तानी गर्न सकिने भएको छ ।

यसका लागि बैंकले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडसँग सम्झौता गरेको हो । सम्झौता अनुसार अब एनएमबि बैंकको ग्राहकले ओम्नि च्यानल एप तथा वेब प्रयोग गरी काठमाडौँ उपत्यका खानेपानीको महशुल सजिलै तिर्न सक्ने व्यवस्था गरेको जनाएको छ ।

बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको जनाएको छ ।

एनएमबि बैंक दि फिनान्सियल टाइम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो ।

एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेकको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *