हनुमन्ते खोलामा पानीको सतह बढेसँगै निर्माणाधीन पुल भासियो (तस्वीर)

काठमाडाैँ । भक्तपुरस्थित हनुमन्ते खोलामा निर्माणाधीन पुल भासिएको छ ।

डण्डी बान्दै गरेको तर ढलान गर्न बाँकी उक्त निर्माणाधीन पुल हनुमन्ते खोलामा पानीको सतह बढेपछि भासिएको हो ।

मध्ययपुर नगरपालिका र सूर्यविनायक नगरपालिकाको ४ र ५ वडाको सीमामा रहेको उक्त पुल शंखधर चोकबाट केही दक्षिणतर्फको हनुमन्ते खोलामा निर्माण भइरहेको हाे । निर्माणाधीन पुलको मध्यभागमा केही क्षति पुगी लच्किएको छ ।

पहिला त्यो क्षेत्रमा भैरहेको पुललाई गत वर्षको बाढीले क्षति पुर्‍याएको र यो नयाँ पुल बनाउन लागिएको स्थानीय बताउँछन् ।

ठेकेदारको लापरबाही र ढिलासुस्तीले यो पुल समय मै नसकिएको र अहिले ढलान गर्नुपूर्व नै भासिएको उनीहरूको आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *