नेप्से ३७ अंकले घट्यो, जम्मा डेढ अर्बको कारोबार

काठमाडौँ । निरन्तर ओरालो लाग्ने क्रममा रहेको सेयर बजार साताको अन्तिम कारोबार दिन बिहीबार पनि दोहोरो अंकले घटेको छ ।

यस दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३७.०६ प्रतिशतले घटेर २२३८.६२ बिन्दुमा ओर्लिएको छ । यस दिन १ अर्ब ६५ करोड ४५ लाख ६१ हजार ४ सय ७२ रुपैयाँमा कुल ४६ लाख ७४ हजार ९ सय ४० कित्ता सेयर कारोबार भएको छ । यस दिन १ सय ८८ कम्पनीको सेयर मूल्य घटेको छ । जम्मा ५ ओटा कम्पनीको सेयर मूल्य बढ्दा ३ ओटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

बढेका कम्पनीहरुमा जाल्पा लघुवित्तको सेयर मूल्य घटेको बजारमा समेत १० प्रतिशतले उकालो लागेको छ । एनआईसी एसिया सेलेक्ट फण्ड, आरएमडीसी लघुवित्त, कालिका पावर, ङादी ग्रुप पावर, नेपाल दूरसञ्चार कम्पनीको सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *