साइकल र मोटरसाइकलको ठक्कर; साइकलयात्रीको मृत्यु

काठमाडौँ । सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ स्थित राजबिराज–तिलाठी सडकखण्डमा दुर्घटना हुँदा घाइते भएका साइकलयात्रीको मृत्यु भएको छ।

तिलाठीबाट राजबिराजतर्फ आउँदै गरेको को१७प ८५६३ नंको पल्सर मोटरसाइकलले विपरीत दिशाबाट जाँदै गरेको साइकललाई ठक्कर दिँदा साइकलयात्री तिलाठी कोइलाडी गाउँपालिका–१ का ४३ वर्षीय सतिषकुमार यादवको मृत्यु भएको हो। मृतक यादवको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ।

त्यस्तै, ठक्कर दिने मोटरसाइकल चालक छिन्नमस्ता गाउँपालिका–१ का २० वर्षीय शङ्कर भननिने इन्द्रजीतकुमार यादव पनि गम्भीर घाइते भएका छन्। घाइतेलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ।

यसैगरी, प्रहरीले मोटरसाइकल भने नियन्त्रणमा लिइसकेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले घाइते यादवको उपचारपछि घटनाका विषयमा थप अनुसन्धान हुने बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *