एनआईसी एशिया बैंकका ग्राहकलाई ग्यालेक्सी क्लिनिक र काठमाडौं प्याथल्यावमा २५ प्रतिशत छुट

काठमाडौँ । एनआईसी एशिया बैंकका ग्राहकले महाराजगन्ज प्लाजास्थित ग्यालेक्सी स्पेसियालिटी क्लिनिक र काठमाडौँ प्याथल्याव एण्ड डायग्नोस्टिक सेन्टरको स्वास्थ्य सेवामा २५ प्रतिशत छुट पाउने भएका छन् । बैंक, क्लिनिक र सेन्टरबीच उक्त छुटसम्बन्धी समझदारी भएको बैंकले जनाएको छ ।

उक्त छुटसम्बन्धी समझदारीपत्रमा बैंकका लाइफस्टाइल युनिभर्स प्रमुख विमल लम्साल तथा क्लिनिक एवं सेन्टरका प्रमुख कार्यकारी अधिकृत पुष्प लामिछानेले हस्ताक्षर गरेका छन् । समझदारी अनुसार यस बैंकका ग्राहकले यी स्वास्थ्य संस्थाबाट सेवा लिई डिजिटल भुक्तानी गर्दा २५ प्रतिशत छुट उपलब्ध हुने छ ।

बैंकका ग्राहकले क्लिनिकबाट रक्तअल्पता, फोक्सो एवं श्वास–प्रश्वास, उच्च रक्तचाप, दम, बाथ, मुटु लगायतमा विशेषज्ञ सेवाहरु तथा सेन्टरबाट हेमाटोलोजी, माइक्रोबायोलोजी, हिस्टोप्याथोलोजी, इमयुनो एस्से, सितोप्याथोलोजी, एफएनएसी, इमयुनोफ्ल्युरोसेन्स, अटो इमयुन प्यानल, फ्लो सिटोमेट्री र किड्नी सेन एनालाइसिस परीक्षणहरुमा उक्त छुट उपब्ध हुने बैंकले जनएको छ ।

देशभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *