डुबानमा परेको भरतपुरको गठबन्धनको सभास्थल तीन घण्टामै तयार

चितवन । चितवनको भरतपुर बसपार्कमा डुबानमा परेको सत्तागठबन्धनले संयुक्त चुनावी सभास्थल तीन घण्टामै तयार पारिएको छ । सत्तागठबन्धनले भरतपुरस्थित केन्द्रीय बस टर्मिनलको खाली क्षेत्रमा चुनावी सभास्थल बनाएको थियो ।

डुबानमा परेको सभास्थललाई तीन घन्टाको प्रयासबाट सरसफाइ गरी तयार पारिएको छ । भ्याकुमको सहायताले पानी हटाइएको छ । हिलैहिलो भएको सभास्थलमा माटो ल्याएर पुरिएको छ । डोजरले सम्याएर बस्नको लागि योग्य ठाउँ तयार पारिएको छ ।

नेकपा माओवादी केन्द्रका चितवन संयोजक आरसी अधिकारीका अनुसार सभास्थल पहिलेको अवस्थामा आइसकेको बताए । उनले भने, ‘नेताहरू आउनेक्रम जारी छ, अबको केहीबेरमा सभा सुरु गर्ने तयारी भइरहेको छ । सभास्थलमा कार्यकर्ता तथा शुभेच्छुकहरू आइरहेका छन् ।’

डुबानका कारण आमसभा निर्धारित ११ बजेको समयमा सुरू हुन सकेन । सभालाई सम्बोधन गर्न भरतपुर पुगेका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा सिराइचुली होटलमा कार्यकर्ता भेटघाटमा व्यस्त छन् ।

आज बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल चितवन आइसकेका छन् ।

प्रतिक्रिया

One thought on “डुबानमा परेको भरतपुरको गठबन्धनको सभास्थल तीन घण्टामै तयार

  1. Prachanda le Deuba (Congress) lai Control gareko Jasto Dekhiyo.Prachanda Putri Renu lai Jitauna Bhagmadur prayas………….

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =