आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौँ । दोलखाको भिमेश्वर नगरपालिका-१ पुम्मा बस्ने भिम बहादुर थामीको घरमा करेन्ट सर्ट भई बुधबार दिउँसो आगलागी भएको छ।

सो आगलागीका कारण घर, अन्नपात, भाँडाकुडा, लत्ताकपडासहित किराना पसलसमेत जलेर नष्ट भएको छ। आगलागीबाट करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले बताएको छ। प्रहरी, दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको छ।

घटनामाथि थप आवश्यक अनुसन्धान प्रहरीले जारी राखेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *