सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
२०७९ वैशाख २१ गते

काठमाडौँ । निर्वाचन आयोगले सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई स्पष्टीकरण सोधेको छ।
आयोगले एक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री भट्टले निर्वाचन आचारसंहिता विपरीत अभिव्यक्ति दिएको भन्दै स्पष्टीकरण सोधेको हो। यस्तै, निर्वाचन पर्यवेक्षण समिति नेपालका अध्यक्ष प्रदीप पोखरेललाई पनि आयोगले स्पष्टीकरण सोधेको छ। दुवैलाई चौबिस घण्टाभित्र स्पष्ट गरी पठाइदिन भनिएको आयोगका उपसचिव एवम् सहायक प्रवक्ता सूर्य प्रसाद अर्यालले जानकारी दिए।
२०७९ वैशाख २१ गते
प्रतिक्रिया
सम्बन्धित









