नवविवाहित जोडी र एसईई दिएका विद्यार्थीलाई अन्नपूर्ण केबलकारमा छुट

काठमाडौँ । अन्नपूर्ण केबलकारले दुई अफर सार्वजनिक गरेको छ । जसअनुसार भर्खरै एसईई दिई बसेका छात्रछात्राहरूलाई अन्नपूर्ण केबलकारले केबुलकार चढ्दा ५० प्रतिशत छुट प्रदान गर्ने भएको छ ।

यस योजनामा सहभागी हुनका लागि विद्यार्थी छात्रछात्राहरूले यस वर्ष एसईई परीक्षामा सामेल भएको परीक्षा प्रवेश पत्र अनिवार्य देखाउनु पर्नेछ ।

यो योजना वैशाख वैशाख ३० सम्म लागु हुने केबलकारले जनाएको छ ।

साथै, नव विवाहित जोडीका लागि पनि अन्नपूर्ण केबलकारले विशेष अफरको घोषणा गरेको छ । जस अन्तरगत १ टिकटको खरीदमा अर्को एक केबुलकार टिकट निःशुल्क प्रदान गर्नेछ ।

यो योजना २०७९ असार मसान्तसम्म लागु हुने केबलकारले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *