गृहमन्त्रीको निर्देशनपछि रोशी दुर्घटना छानबिनका लागि समिति गठन

काठमाडौँ । काभ्रेको रोशी गाउँपालिका–११ मा पर्ने डालाबेँसीमा भएको दुर्घटना अनुसन्धान गर्न प्रहरी नायब उपरीक्षकको संयोजकत्वमा समिति गठन भएको छ।

गृहमन्त्री बालकृष्ण खाँणले भारतीय पर्यटक बोकेको मिनी बस र जीप ठोक्किँदा पाँचजनाको मृत्यु र १९ जना घाइते हुने गरी भएको दुर्घटनाको अनुसन्धान गर्न निर्देशन दिएपछि प्रहरी नायब उपरीक्षक हरि खतिवडाको नेतृत्वमा घटनाको अनुसन्धानका लागि तीन सदस्यीय समिति बनाइएको हो।

उनका अनुसार समितिमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत र प्रहरी निरीक्षक सदस्य छन्। गृहमन्त्री खाँणले काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीलाई टेलिफोन गरी छानबिन समिति बनाउन निर्देशन दिए।

आज बुधबार मध्याह्न काठमाडौँबाट सिन्धुलीतर्फ जाँदै गरेको एक मिनी बस विपरीत दिशाबाट आउँदै गरेको सुमोसँग ठोक्किँदा दुई महिला, दुई पुरुष र एक बालक गरी पाँचजनाको मृत्यु भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *