रारा हाइड्रोपावरको सेयर निश्कासन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल

काठमाडौँ । रारा हाईड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले १२ लाख कित्ता सेयर निष्काशन गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरेको छ ।

रारा हाइड्रो पावर कम्पनीले मेगा क्यापिटल मार्केट्स लिमिटेड त्रिपुरेश्वरमा बुधबार एक सम्झौता गरी मेगा क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

सम्झौता पत्रमा रारा हाईड्रोपावर डेभलपमेण्ट कम्पनीका संचालक शंकर लाल बैद्य र मेगा क्यपिटल मार्केट्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

हाइड्रोपावर कम्पनीले १२ करोड रुपैयाँ रकम बराबरको १२ लाख कित्ता शेयर सर्वसाधारणमा निष्काशन गर्न नेपाल धितोपत्र बोर्डसमक्ष आवश्यक प्रक्रिया पूरा गरी शेयर निष्काशनको लागि आवेदन दिने योजना रहेको जनाएको छ ।

कार्यक्रममा रारा हाईड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडका सञ्चालक मंगल विश्वकर्मा र मेगा क्यापिटल मर्केट्स लिमिटेडका प्रमुख लगानी अधिकृत शुलभ श्रेष्ठको समेत उपस्थिति थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *