सिद्धार्थ इन्स्योरेन्सले दियो निर्माण कम्पनीलाई झण्डै ९ करोडको दाबी भुक्तानी

काठमाडौँ । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले एक निर्माण कम्पनीलाई झण्डै ९ करोड रुपैयाँको पूर्वाधार संरचना बीमाबापतको दाबी भुक्तानी दिएको छ ।

कम्पनीले कुमार—सीएफईसी जे/भी कम्पनीलाई उक्त रकमको बीमा दाबी भुक्तानी गरेको हो ।

गत वर्षको बेमौसमी वर्षातले महाकाली नदीमा आएको बाढीबाट कञ्चनपुरको भिमदत्त–१२ ओदालीमा निर्माणधीन ६ लेनको सडक, मनोरञ्जन पार्कको निमित्त बनेका पोखरीका संरचना र ४ लेनको पक्की पुलको पहुँच मार्गमा क्षति पुगेको थियो ।

उक्त पूर्वाधार निर्माण गर्ने कम्पनीले गरेको बीमाको आधारमा मूल्यांकनकर्ताबाट मूल्यांकन भएको क्षतिवापतको ८ करोड ९७ लाख ९८ हजार रुपैयाँको दाबी भुक्तानी गरेको हो ।

इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्रीले बीमित कुमार—सीएफईसी जे/भी का प्रतिनिधि सुशीलकुमार श्रेष्ठलाई उक्त दाबी रकम बजारबरको चेक हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *