ज्योति लाइफको लुम्बिनी प्रादेशिक कार्यालय उद्घाटन

काठमाडौँ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ पूर्वाधारसहितको बुटवलस्थित लुम्बिनी प्रादेशिक कार्यालय सञ्चालनमा ल्याएको छ । नव स्थापित कार्यालयको बीमा समितिका अध्यक्ष सुर्यप्रसाद सोमबार बुटवलमा आयोजित एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् ।

कार्यालयको पुरानो संरचना परिवर्तन गरी प्रादेशिक कार्यालयबाट प्रवाह हुने सेवालाई अझ बढी व्यवस्थित र ग्राहक तथा अभिकर्तामैत्री कार्यालय बनाइ लुम्बिनी प्रदेश स्थित सम्पूर्ण शाखा तथा उपशाखा कार्यालयहरुलाई अनुगमन तथा व्यवस्थापनमा थप प्रभावकारी बनाउन यस अघिको संरचना परिवर्तन गरी तालिम हल, अभिकर्ताहरुको कार्यकक्ष, वैठक कक्ष लगायतका भौतिक पूर्वाधार थप गरिएको छ ।

कार्यालय उद्घाटन कार्यक्रममा बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले बीमा क्षेत्रको योगदानलाई सबैबाट कदर गर्ने वातावरण बनाउन धैरै काम गर्न बाँकी रहेको जानकारी गराउँदै यस क्षेत्रमा रहेका केही विकृती अन्त्य गर्नुपर्ने बताए । उनले कम्पनीहरुको पुँजीको आधार बलियो बनाउनु पर्ने, दाबी भुक्तानीलाई सहज बनाउनु पर्ने, बीमाको राष्ट्रिय नीति बनाउनु पर्ने, कर्मचारी तथा अभिकर्ताहरुको कार्य क्षमता तथा सिप विकासको लागि खर्च बढाउनु पर्ने, नियमाकिय भुमिका बढाउनु पर्ने र तिनै तहका सरकारहरुसंग समन्वय गरी बीमालाई दुरदराजमा रहेका गरिब तथा सीमान्तकृत नागरिकको पहुँचमा पु¥याउनुपर्ने विषयमा यस क्षेत्रमा लाग्ने सबैको ध्यानाकर्षण गराउँदै बीमा समितिले पनि यी सबै कार्यहरुको लागि तदारुकताका साथ कार्य गरिरहेको जानकारी गराए ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जीवन बीमा व्यवसाय तथा बीमा साक्षरता अभिवृद्धिमा अभिकर्ताहरुको भुमिका महत्वपुर्ण हुने भएकोले अभिकर्ताहरुले विशेष ध्यान दिएर कार्य गर्नु पर्ने राय व्यक्त गरे ।

कम्पनीका अध्यक्ष नन्दकिशोर शर्माले कम्पनीले सधैं सुशासन तथा सेवा प्रवाहलाई प्राथमिकता दिएको जानकारी गराए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्री ले बुटवल प्रादेशिक कार्यालयबाट हालसम्म उल्लेख्य व्यवसायिक सफलता तथा उपलब्धी हासिल गरेको जानकारी गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *