एनएमबि बैंक र यो यो जिपलाइनबीच पर्यटन प्रवर्द्धनसम्बन्धी सम्झौता

काठमाडौँ । एनएमबि बैंक लिमिटेडले यो यो जिपलाइन प्रालिसँग आन्तरिक पर्यटनमा सहकार्य गर्न सम्झौता गरेको छ । स्काई साइक्लिङ्ग, जिप लाइन, स्विङ्ग, केनोपि र रेष्टुरेन्ट एण्ड कफीशपको सेवामा छुट प्रदान हुने गरी सम्झौता गरेको छ । बैंकका ग्राहकले उक्त सेवाको भिजा कार्ड मार्फत भुक्तानी गर्दा बिदाको दिन बाहेकको दिनमा १२ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने एनएमबी बैंकले जनाको छ ।

सम्झौतापत्रमा बैंकका रिटेल बैंकिङ्ग प्रमुख रोशन रेग्मी र यो योको तर्फबाट अध्यक्ष रामशरण तिमिल्सिनाले हस्ताक्षर गरेका छन् ।

बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता छुट, सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको जनाएको छ । छुट सम्बन्धी थप जानकारी एनएमबि बैंकको वेवसाइटको NMB Visa Card Discount सेक्सनमा गएर प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

एनएमबि बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *