राेशी दुर्घटनामा मृत्यु हुने ५ जनाकै सनाखत, मृतक २ महिला, ३ पुरुष

काभ्रे । रोशी गाउँपालिका-११ डाला बेशीस्थित सडकमा बुधवार भएकाे दुर्घटनामा मृत्यु हुनेहरूकाे सनाखत भएकाे छ ।

मृत्यु हुनेहरूमा सुमोमा सवार रामेछाप चिसापानी नगरपालिका-८ घर भएकी ३५ वर्षीया सम्झना भुसाल, उनकै छोरा ७ वर्षीय संगीत भुसाल, सिन्धुली कमलामाई नगरपालिका-७ बस्ने ३१ वर्षीय बिक्रम श्रेष्ठ, सिन्धुली सुनकोशी गाउँपालिका-१ की ४४ वर्षीया प्रमिला नेपाली र कमलामाई नगरपालिका-४ बस्ने सुमो चालक ४५ वर्षीय हरि बहादुर बल रहेकाे प्रहरीले जनाएकाे छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य १८ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएकाे छ । अन्यको अवस्था सामान्य रहेको छ ।

डाला बेशीस्थित सडकमा बुधवार दिउँसाे यूपी ५८ टी ८१८१ नम्बरको मिनी बस र ना १ ज ४२१० नम्बरको सुमो एकआपसमा ठाेक्किएर दुर्घटना भएकाे थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 15 =