लुम्बिनी विकास बैंकको एकै साथ थप दुई नयाँ शाखा विस्तार

काठमाडौँ । लुम्बिनी विकास बैंकले एकै दिन थप दुई नयाँ शाखा कार्यालय विस्तार गरेको छ ।

बैंकले ८० औँ शाखाको रुपमा काठमाडौँको कलंकीमा र ८१ औँ शाखाको रुपमा नुवाकोटको विदुर–२ बट्टारमा नयाँ शाखा विस्तार गरेको हो ।

कलंकी शाखाको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसालले गरे । बट्टार शाखाको उद्घाटन बैंकका सञ्चालक चिन्तामणि भट्टराई र नुवाकोट उद्मोग वाणिज्य सघंका अध्यक्ष ताराबहादुर कार्कीले संयुक्त रुपमा गरे ।

आज खोलिएको दुई शाखासहित बैंकका देशभर ८१ वटा शाखा पुगेका छन् ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *