रातो मत्स्येन्द्रनाथको रथयात्रा शुरू (तस्वीरसहित)

काठमाडाैँ । वैशाख शुक्ल प्रतिपदामा रथारोहण भई अक्षय तृतीयाका दिन गौदान सहितको शान्ति स्वस्ती गरेपश्चात् सोही पक्षको चतुर्थी तिथिमा रातो मत्स्येन्द्रनाथको रथ यात्रा शुरू हुन्छ ।

रातो मत्स्येन्द्रनाथको रथ यात्रा करिब १६०० वर्षभन्दा पुरानो र उपत्यकाकै लामो रथ यात्रा हो । परापूर्व कालमा नगरबासीलाई श्री पद्मपाणी अवलोकितेश्वर समेत भनिने रातो मत्स्येन्द्रनाथको दर्शन गराउन र ललितपुर नगरको भ्रमण गराउन मत्स्येन्द्रनाथको रथयात्रा आरम्भ भएको विश्वास गरिन्छ ।

यसरी रथयात्रा आरम्भ भएपछि नगरका विभिन्न ठाउँहरू पुल्चोक, गावहाल, सुन्धारा लगनखेल हुँदै जावलाखेलमा लगेर भोटो देखाईसकेपछि मत्स्येन्द्रनाथको रथ यात्रा समापन गरिन्छ।

भोटो देखाइसकेपछि मत्स्येन्द्रनाथलाई बु·मतीमा लगेर राखिन्छ । सूर्य दक्षिणायण भरि १२ पक्ष अर्थात् ६ महिना बु.मतीमा र सूर्य उत्तरायण भरी १२ पक्ष अर्थात् पछिको ६ महिना मत्स्येन्द्रनाथलाई पाटनको मछिन्द्रबहालमा राखिन्छ ।

पाटनबाट दक्षिणायणमा बु·मती रहेको र सो ठाउँबाट उत्तरायणमा पाटन क्षेत्र रहेका कारण ६ महिना पाटनमा र ६ महिना बु·मतीमा श्री करुणामय रातो मत्स्येन्द्रनाथको बासस्थान रहने प्रचलन यद्यपि छ ।

रातो मत्स्येन्द्रनाथलाई लिच्छवी राजा जयदेव द्वितीयले आसामको कामारूपबाट ल्याएका भन्ने धार्मिक विश्वास छ ।

तस्वीरः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *