घरको छतबाट खसेर ठमेलमा एक वृद्धको मृत्यु
२०७९ वैशाख २१ गते

काठमाडौँ । काठमाडौँ महानगरपालिका -२६ ठमेलको नरसिंह चोक निवासी ६२ वर्षीय न्हुछे नारायण महर्जनको आफ्नै घरको छतबाट खसेर हिजो मङ्गलबार दिउँसो मृत्यु भएको छ।
आफ्नै १० तले घरको छतमा पानी ट्याङ्की राख्ने ठाउँ हेर्न जाने क्रममा छतबाट चिप्लिएर भुइँमा खस्दा गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
२०७९ वैशाख २१ गते
प्रतिक्रिया
सम्बन्धित









