बालयौन दुर्व्यवहार गरेको अभियोगमा ५७ वर्षीय पुरुष पक्राउ
२०७९ वैशाख २१ गते

भोजपुर । ११ वर्षीया बालिकालाई बालयौन दुर्व्यवहार गरेको अभियोगमा टेम्केमैयुङ गाउँपालिका-१ रिमचिम बस्ने ५७ वर्षीय कृष्ण देव राईलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।
राईले ती बालिकालाई शनिबार दिउँसो पीडितकै घरमा बालयौन दुर्व्यवहार गरेको भन्ने किटानी जाहेरी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दिल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
२०७९ वैशाख २१ गते
प्रतिक्रिया
सम्बन्धित









