बझाङमा पाँच वर्षीया बालिकामाथि बलात्कार, एक युवक पक्राउ

बझाङ । बझाङमा पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

जिल्लाको छबिस पाथीभेरा गाउँपालिकाका एक युवकलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको हो। आरोपित युवकले मदिरा सेवन गरी बालिकालाई बलात्कार गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। बझाङ प्रहरीका अनुसार वैशाख १६ गते आफ्ना बुवासँग बिहे हेर्नका लागि मामाघर गएकी बालिकालाई युवकले बलात्कार गरेका हुन्।

पीडितका बुवासँगै बिहेभोजमा गएकी बालिकालाई मदिरा सेवन गरेका युवकले चाउचाउ किनिदिने लोभ देखाएर नजिकै रहेको आफ्नै गोठमा लगी बलात्कार गरेको खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले बताए। उनका अनुसार बलात्कारपछि फरार रहेका युवकलाई प्रहरीले आइतबार साँझ थलारा गाउँपालिकाबाट पक्राउ गरेको हो।

बलात्कृत बालिकामा शारीरिक र मानसिक समस्या आएपछि उनको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *