सुर्या लाइफ इन्स्योरेन्सले पायाे ‘थर्ड इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड’

काठमाडौँ । इन्डियन चेम्बर अफ कमर्सले आयोजना गरको ‘थर्ड इमर्जिङ एशियाइन्स्योरेन्स अवार्ड २०२१’ मा सूर्या लाइफले तीन वटा विधा ‘बेस्ट इफेक्टिभ एडोप्टेसन अफ टेक्नोलोजी’, ‘बेस्ट स्ट्राटेजी इन इन्स्योरेन्स स्प्रेडिङ्ग इन नेपाल इन्स्योरेन्स इन्डस्ट्रि’ र ‘आउट स्ट्यान्डिङ्ग पर्फमेन्स इन लाइफ इन्स्योरेन्स इन्डस्ट्रिज अफ नेपाल’ आवार्ड हासिल गर्न सफल भएको छ ।

विश्व विख्यात चार्टर एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्था पीडब्ल्यूसी ईन्डियन ईन्स्टिच्युट अफ इन्स्योरेन्सलगायत थुप्रै प्रतिस्ठित संस्थाहरुबाट स्वतन्त्र रुपमा मूल्यांकन गरी विभिन्न वित्तीय सूचाङ्कहरुमा उत्कृष्ट कार्यसम्पादनको आधारमाउक्त अवार्ड प्रदान गरिएको हो ।

बिमस्टेक मुलुकहरुबाट प्यानलिष्ट भई नेपालबाट प्रतिनिधित्व गरेका सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले उक्त अवार्डहरु ग्रहण गरेका छन् ।

नोभोटेल होटल,कलकत्ता,भारतमा एक भव्य समारोहकाबीच आयोजना गरिएको उक्त कार्यक्रममा पवनकुमार खड्काले आफ्नो मन्तव्यमा नेपालमा बीमाको वर्तमान अवस्था र महत्वका, साथै बीमा क्षेत्रकै नियमनकारी निकाय बीमा समितिद्वारा निभाईएका अहम भुमिका र कदमहरुका बारेमा बिस्तृत रुपमा प्रस्ट्याउनु भएको थियो ।

नेपालमा डिजिटल टेक्नोलोजी र आर्टिफिसिल इन्टेलिजेन्सको बीमा क्षेत्रमारहेको आवश्यक्ता र अवस्था बारेमा प्रस्ट पारेका थिए।

साथै बीमालाई प्रविधिमैत्री बनाई बीमाको पहुँच देशका दूर दराजसम्म पुर्याउन र आमजनतालाई सेवाको सहज उपयोग गर्न प्रविधिले ठूलो भूमिका खेल्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *