सुनको मूल्य प्रतितोला १ हजारले घट्यो
२०७९ वैशाख २० गते

काठमाडौँ । सुनचाँदी बजारमा मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक हजारले घटेर रु ९७ हजार २०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९८ हजार २००मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ७०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार ७०० थियो ।
त्यस्तै मंगलबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार २९० कायम रहेको महासङ्घले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८५८ डलर आसपास कारोबार भइरहेको छ ।
२०७९ वैशाख २० गते
प्रतिक्रिया
सम्बन्धित









