आईओसीले पठायो नयाँ मूल्यसूची, निगमलाई १५ दिनमा ५ अर्ब १९ करोड घाटा हुने

काठमाडौँ । इन्डियन आयल कर्पोरेशन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ ।

नयाँ मूल्यसूची अनुसार हवाई इन्धन र मट्टीतेलको मूल्य घटेर आएको छ । यसले यी दुई पदार्थमा निगमलाई फाइदा हुने भएको छ । तर, पेट्रोल, डिजेल र खाना पकाउने एलपी ग्यासको मूल्य बढेर आएकोले यी पदार्थमा निगमको घाटा बढ्ने जनाएको छ ।

नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर २३ रुपैयाँ २ पैसा, डिजेल ४० रुपैयाँ १३ पैसा, ग्यासमा प्रतिसिलिन्डर १ हजार ५० पैसा घाटा भएको हुने भएको छ । तर, मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ ८१ पैसा, हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर १२ रुपैयाँ ६४ पैसा र अन्तर्राष्ट्रियतर्फ ६४ रुपैयाँ ६९ पैसा नाफा हुने भएको छ ।

हवाई इन्धन र मट्टीतेलमा हुने नाफा कारण यी दुई पदार्थमा हुने नाफा १५ दिनमा ५ अर्ब १९ करोड घाटा हुने भएको छ ।

अत्यधिक खपत हुने पेट्रोल, डिजेल र ग्यासमा मूल्य बढेकोले घाटा बढी हुने भएको निगमले जनाएको छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *