सरकारी सेवासुविधा नलिएरै विराटनगरलाई डुबानमुक्त गर्ने दाबी

विराटनगर । नेपाल पत्रकार महासंघमा पछिल्ला केही दिनदेखि निरन्तर पत्रकार सम्मेलनहरू भइरहेका छन्।  पार्टीका उम्मेदवारले आफ्ना प्रतिबद्धता पत्र सार्वजनिक गर्नेदेखि स्वतन्त्रले आफ्नो प्रतिवद्धता सार्वजनिक गर्दै आएका छन्। आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि  गठबन्धनभित्रका तीन दलका तीनजना महिला उम्मेदवार स्वतन्त्र उपमेयरको दौडमा देखिन्छन्। 

नेकपा माओवादीबाट गठबन्धनको बागी उम्मेदवार नमिता न्यौपाने, नेपाली कांग्रेसबाट गठबन्धनको बागी उम्मेदवार गंगादेवी सुबेदी र जनता समाजवादी पार्टीबाट बागी उम्मेदवार बनेकी बसुन्धरा झा अहिले स्वतन्त्र उम्मेदवारको चर्चामा छन्। उनीहरूले गठबन्धन गरेर महिलाको अधिकार कुण्ठित गर्ने काम दलहरूबाट भएपछि स्वतन्त्र उम्मेदवारी दिएको बताउँदै आएका छन्। आइतबार गंगादेबी सुबेदीले आफ्नो प्रतिबद्धता सार्वजनिक गर्दै भनिन्,  ‘प्रमुख र उपप्रमुख मध्येमा एकजना महिला अनिवार्य भनिएपनि महिलालाई एक्ल्याएर  गठबन्धनभित्रका दलहरूले  प्रमुख उपप्रमुख नै पुरुष ल्याएपछि मैले उम्मेदवारी दिनु पर्ने अवस्था आयो।’ 

उनले प्रतिवद्धता पत्र सार्वजनिक गर्दै डुबान अन्त्यका लागि दुई खोला सिँगिया  र केशल्या खोलामा स्थायी तटबन्धन बनाउने बताइन्। चुस्त दुरुस्त पारदर्शी प्रशासन, ढिलासुस्ती तथा कमिशन र भ्रष्टाचारको अन्त्य गर्ने पनि उनको प्रतिबद्धता छ। ‘विराटनगर महानगरपालिकाभित्रबाट निस्कने फोहोरमैलाको वर्गीकरण गरी पूर्ण दिर्घकालिन समाधान खोजिने छ, उनले भनिन्, सुन्दर स्वच्छ पर्यवरण, सफा पिउने  पानी सार्वजनिक शौचालयको व्यवस्था गर्नेछु।’ उनले यस्ता थुप्रै मागहरू अघि सारेकी छिन्। 

आइतबार सुवेदीले आफ्ना प्रचार गर्नको लागि प्रतिबद्धता पत्र सार्वजनिक गरेकै ठाउँमा बसेर सोमबार गठबन्धनकी बागी उम्मेदवार नमिता न्यौपानेले पनि आफ्ना प्रतिबद्धता पत्र सार्वजनिक गरिन्। उनले विराटनगर महानगरपालिकाको उपमेयरमा निर्वाचिन भएपछि महानगरपालिकाबाट उपमेयरले पाउने कुनैपनि सेवा सुबिधा नलिने घोषणा गरिन्। ‘कुनैपनि सेवा सुबिधा लिन्नँ, उनले भनिन्, पालिकाले दिने गाडीपनि मलाई चाहिँदैन।’ विराटनगर महानगरपालिकाका लागि ३ वटा मुख्य प्रतिबद्धताको साथ अघि बढ्ने दाबी गर्दै अगाडि भनिन्, ‘म भ्रष्टाचार गर्दिनँ र अरूलाई पनि गर्न दिन्नँ। विराटनगर महानगरपालिकालाई अनावश्यक भर्तीकेन्द्र बनाउँदिनँ।’ 

उनले विराटनगर महानगरपालिकाभित्र अहिले रहेका मतदाता  १ लाख ३३ हजारको ३० प्रतिशत मत आफूले पाउने उनले दाबी गरेकी छिन्।   सबै मतदाता मध्ये ३० प्रतिशत मतदाता स्वतन्त्र खालको भएकोले ती स्वतन्त्रको मत आफूलाई आउने दाबी उनको छ। उनले गठबन्धनले  ५५ प्रतिशत महिला मतदाताको अपमान गरेर महिलालाई उम्मेदवार नबनाएपछि आफूले स्वतन्त्र उम्मेदवारी दिएको पनि उनले बताइन्। उनले जनता समाजवादी पार्टीबाट राजीनामा दिएर बागी उठेका उमेश यादवले लिएको चुनाव चिह्न लिएर चुनावी मैदानमा होमिएकी छिन्। उनले चुनाव चिह्न मिल्नुलाई संयोग मात्र भएको बताएकी छन्। 

उमेश यादव र आफू मिलेको उनले बताइन्। गठबन्धनको सरकारले महिलालाई बेवास्ता गरेको कारण महिलाको आवश्यकता पूरा गर्न आफूले उम्मेदवारी दिएको बताउँदै मैथिली समाजको महिलाको प्रतिनिधित्वको अहिलेको आवश्यकता रहेकोले आफूले उम्मेदवारी दिएर नागरिकको साथ अघि बढेको उनले स्पष्ट पारिन्। उनले जसपाबाट बागी उम्मेदवारी दिएका उमेश यादव र आफू मिलेर चुनावमा लडेको स्वीकार गरेकी छन्। 

विराटनगर बनाउने आफ्नो योजना रहेकोले  महिलाको साथ पाउने दाबी उनको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार स्वतन्त्र र दलहरूको गरी १४ जना उपप्रमुख विराटनगर महानगरपालिकाको चुनावी मैदानमा छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *