आईएमएस ग्रुपले मनायो स्थापनाको ३० औँ वार्षिकोत्सव

काठमाडौँ । आईएमएस ग्रुपले ३० अप्रिल २०२२ मा आफ्नो ३०औं वार्षिकोत्सव मनाएको छ। सन् १९९३ मा स्थापना भएर सञ्चालनमा हुँदै आएकाे आईएमएस ग्रुप मोबाइल ब्रान्ड सामसुङ स्मार्टफोन र कोरियाली लक्जरी ब्रान्ड( साङ्योङ मोटर्सको नेपालका लागि आधिकारित वितरक कम्पनी हो ।

यसका साथै फिनटेक, ईकमर्स, बेबी केयर, कृषि, आतिथ्य, बैंकिङ र बीमा, शिक्षा, घरजग्गा आदि जस्ता धेरै उद्योग व्यवसायमा यो समूहको संलग्नता छ।

सोल्टी होटल काठमाडौँमा आयोजना गरिएको वार्षिकोत्सव समारोहमा आईएमएस ग्रुपका अध्यक्ष दीपक मल्होत्रा, कम्पनी निर्देशक विमल सावर्थिया, आईएमएस समूहका सीईओ दिकेश मल्होत्रासहित देशभरका तीन सयभन्दा बढी कर्मचारी उपस्थित थिए ।

समारोहमा विभिन्न ट्यालेन्ट शो र क्विजलगायत अन्य रमाइला कार्यक्रम आयोजना गरिएको थियो । समारोहमा वर्षका उत्कृष्ट कर्मचारीलाई विभिन्न अवार्डबाट सम्मानित गरिएको थियो।

कम्पनीका अध्यक्ष दीपक मल्होत्राले भने, ‘यो हाम्रो विगत तीन दशकको स्मरणीय यात्रा को उत्सव हो । हामी यहासम्म आइपुग्नुमा हाम्रा प्रत्येक सदस्यहरुको उत्तिकै योगदान छ। म सम्पूर्ण आईएमएस परिवारलाई उनीहरूको निरन्तर प्रयास, कडा परिश्रम, समर्पण र समर्थनको लागि धन्यवाद दिन चाहन्छु। म उत्साहका साथ भविष्यलाई हेर्छु र विश्वास गर्छु कि यो साथ र सहकार्य आगामी धेरै वर्षसम्म कायम रहनेछ।’

उनले आजसम्म आइपुग्दा आईएमएस ग्रुप हाम्रा संस्थापकहरूको उद्यमशीलताको भावनाद्वारा सञ्चालित रहेकाेले कम्पनीलाई निरन्तर नयाँ आयाम थप्न र द्रुत गतिमा विस्तार गर्न सक्षम बनाएको बताए ।

आईएमएस ग्रुप विगत ३० वर्षमा बढ्दै गएको र विविधिकरण भएको छ । आईएमएस ग्रुपको ब्यानरमा रहेका कम्पनीहरूको संख्याबाट यो वृद्धि स्पष्ट रूपमा देख्न सकिने उनकाे भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *