माओवादीसँग तालमेल गरेपछि एमाले त्यागिन् भण्डारीले

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)सँग गठबन्धन गरिएको भन्दै नेकपा (एमाले)की नेतृ मञ्जु नेपाल भण्डारीले पार्टी छोडेकी छन् ।

एमालेबाट सुनकोसी गाउँपालिका उपाध्यक्ष उम्मेदवारी दिएकी मञ्जुलाई फिर्ता लिन लगाएर माओवादी केन्द्रबाट उम्मेदवार बनाइएपछि उनी रुष्ट थिइन् । भण्डारीले शनिबार सामाजिक सञ्जालमार्फत पार्टी छोडेको घोषणा गरेकी हुन् ।

‘महिला हक र न्यायका लागि २४ वर्षसम्म अनवरत संघर्ष गर्दागर्दै षड्यन्त्र र जालझेलपूर्ण तरिकाले गरिएको राजनीतिक हत्याको विरुद्धमा विद्रोह गर्ने निर्णयमा पुगेँ । आजको मितिदेखि नेकपा एमाले परित्यागको घोषणा गर्दछु,’ भण्डारीले फेसबुकमा लेखेकी छन् ।

एमाले–माओवादी गठबन्धनपछि सुनकोसी गाउँपालिका अध्यक्षमा एमालेबाट टपिन्द्र तिमल्सिना र उपाध्यक्षमा माओवादी केन्द्रबाट दुर्गा थापालाई उम्मेदवार बनाइएको छ । –कान्तिपुरबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *