बिग्रियो मौसम, सातै प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । देशका विभिन्न भागमा आज पनि वर्षाको सम्भावना रहेको मौसमविद् बताएका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो सात वटै प्रदेशका विभिन्न भागमा पानी पर्नेछ ।

प्रदेश-१, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

आज राति प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीदेखि सामान्य बदली रहनेछ । बाँकी भू-भागमा आंशिक बदली रहनेछ । विभागका अनुसार प्रदेश १, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथल भू-भागसम्म बनेको न्यूनचापीय प्रणाली तथा पश्चिमी वायुको प्रभाव रहेको छ । सोमबारसम्म हल्का वर्षा र मौसममा बदली हुने मौसमविद् मञ्जु बासीको भनाइ छ । मंगलबारबाट मौसम खुल्ने उनले जानकारी दिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *