चुनावी रणनीति बनाउँदै गठबन्धन, बालुवाटारमा बैठक

काठमाडौँ । चुनावी रणनीति तयार पार्नका लागि यतिबेला राजधानीको बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्ने भएको छ ।

चुनावको मिति नजिकिँदै जाँदा स्थानीय तहको निर्वाचनका लागि तालमेल गरेका सत्ता गठबन्धनका दलहरूको बैठक प्रधानमन्त्रीको सरकारी निवासमा केहीबेरमै बस्न लागेको हो । बैठकमा हालसम्मका चुनावी गतिविधिका समीक्षा र आगामी रणनीति बनाउनेबारे गठबन्धनमा आबद्ध पाँच दलकबीच छलफल हुने बताइएको छ ।

यतिबेला प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलगायतका नेता पुगिसकेका छन्। यसअघि बसेको गठबन्धनको बैठकले गठबन्धनबाहिरका दलसँग गरिएका तालमेल खारेज गर्ने तथा बागी उम्मेदवार बनेकालाई उम्मेदवारी फिर्ता गराउने अन्यथा कारबाही गर्ने निर्णय भएको थियो ।

सो निर्णयअनुसार केही बागी उम्मेदवारले उम्मेदवारी फिर्ता गरेका छन् भने केही उम्मेदवारहरू स्वतन्त्र लड्ने हुँदा कारबाहीमा परेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *