कांग्रेस त्यागेर बागी उठेका विमल कार्कीलाई चुनाव चिह्न ‘लालटिन’

पोखरा । पोखरा महानगरपालिकाको मेयर पदका बागी उम्मेदवार विमल कार्कीले चुनाव चिह्न ‘लालटिन’ पाएका छन्।

पार्टीभित्रबाट टिकट नपाएपछि कार्कीले नेपाली कांग्रेस परित्याग गरी बागी उम्मेदवारी दिएका हुन्। आज शनिबार निर्वाचन अधिकृतको कार्यालय पुगी उनले आफ्नो चुनाव चिह्न ‘लालटिन’ लिएका हुन्।

पोखरा महानगरपालिकाको मेयरका लागि उठेका उनी कांग्रेस पोखराका पूर्वसभापतिसमेत रहिसकेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *