समय अभावका कारण आलमको मुद्दा ‘हेर्दाहेर्दै’मा

काठमाडाैँ । सर्वोच्च अदालतमा नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमको बन्दी प्रत्यक्षीकरणको मुद्दामा आज सुनुवाइ हुँदाहुँदै समय अभावका कारण ‘हेर्दाहेर्दै’ मा राखिएको छ ।

न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासमा आज सुनुवाइ भए पनि नसकिएपछि हेर्दाहेर्दैमा अर्को शुक्रबारका लागि राखिएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।

नेता आलमलाई २०६४ साल चैत २७ मा भएको संविधानसभा निर्वाचनका क्रममा बम विस्फोट हुँदा घाइतेलाई इँटाभट्टामा जलाएर मारेको र विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योगको मुद्दा रहेको छ ।

यसअघि जिल्ला अदालत रौतहटले आलमलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो । जिल्लाको आदेशलाई उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले समेत सदर गरेपछि आलम थुनामुक्त गराउन माग राख्दै सर्वोच्च पुगेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *