मीरगञ्ज पुल आंशिक रूपमा सञ्चालनमा

काठमाडौँ । विराटनगर नाका जोड्ने भारतको बथनाहा स्थिति परमाण नदी स्थित निर्माणाधीन नयाँ चार लेनको पुल विहिबारदेखि आंशिक रूपमा सञ्चालनमा आएको छ ।

मोरंग व्यापार संघले विगत लामो समयदेखि मीरगञ्ज पुलको जीर्णोद्वारका लागि पटक–पटक पहल गर्नुका साथै मोरङ–सुनसरी औद्योगिक कोरिडोरका औद्योगिक प्रयोजनका सवारी साधानहरूको चाप व्यवस्थापनका लागि उच्च क्षमताको नयाँ चार लेनको पुलको निर्माण गर्न भारत सरकारका विभिन्न निकायमा पहल गर्दै आएको थियो ।

संघका अध्यक्ष नवीन रिजालले विगत १६ वर्षदेखि नयाँ मीरगञ्ज पुल बन्ने काम ठप्प रहेको र उक्त कार्यलाई सूचारू गर्न र पुरानो जिर्ण अवस्थामा रहेको पुललाई मर्मत गर्न पहल गरी हाल आएर आंशिक रूपमा चालु भएको र केही दिनभित्रै पूर्णरूपमा पुल संचालनमा आउने बताए ।

भारतबाट विराटनगर भन्सार कार्यालय आउने मालवाहक सवारी साधनहरू मीरगञ्ज पुल (पुरानो) अवरूद्ध भएका कारण भीमनगर–भन्टावारी नाका प्रयोग गर्दै आएका छन् जसबाट नेपाली आयातकर्ताप्रति सवारी साधन करिब २५ हजार थप व्ययभार व्यहोर्नु पर्ने बाध्यता रहँदै आएको छ । पुल सञ्चालन गर्नका लागि अध्यक्ष नवीन रिजाललगायतको टिमले भारतका सडक, राजमार्ग मन्त्री, अररियाका डीएम, फोरबेशगञ्जका एसडीओ, पटनाका कस्टम्स कमिश्नर, नेश्नल हाइवे अथोरिटी अफ इण्डियाका अधिकारीहरू लगायत विभिन्न निकायमा पहल गर्दै आएको थियो ।

संघले जोगबनीसम्मको बैकल्पिक मार्गका लागि अररियाका डिएम सहित फोरबेशगञ्जका एसडीओ, एनएचएआई, सडक विभाग लगायतसँग स्थलगत भ्रमण समेत गरेको थियो । साथै, भत्किएको मिरगंज पुलको स्थलगत भ्रमणपछि पनि पुलको पूर्ण निर्माण तथा वैकल्पिक मार्ग संचालनका लागि समेत संघका अध्यक्ष नवीन रिजालले भारत सरकारसँग दबाव दिँदै आएका थिए ।

यसैगरी संघका पूर्व अध्यक्ष महेश कुमार जाजुले भारत गएको नेपालको प्रधानमन्त्रीसँगको टोलीमा सहभागी भई सो पुलको निर्माणका लागि ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *