युएनओ महासभामा झाँक्रीको प्रतिबद्धता, ‘अन्तर्राष्ट्रिय समुदायसँग मिलेर नेपालले काम गर्नेछ’

काठमाडौँ । संयुक्त राष्ट्र अमेरिकाको न्यूयोर्कामा सम्पन्न संयुक्त राष्ट्रसङ्घीय महासभाको उच्चस्तरीय बैठकमा शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नेपालले अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

मन्त्री झाँक्रीले दिगो विकास लक्ष्य र जलवायु लक्ष्य हासिल गर्न उत्थानशील एवं दिगो शहर निर्माण गरी नयाँ शहरी ‘एजेन्डा’को प्रभावकारी कार्यान्वयनका लागि अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्न नेपाल प्रतिबद्ध रहेको बताएकी हुन्। नयाँ शहरी एजेन्डाको कार्यान्वयन मूल्याङ्कनसम्बधी संयुक्त राष्ट्रसङ्घीय महासभाको उच्चस्तरीय बैठकलाई आज बिहीबार न्यूयोर्कमा सम्बोधन गर्दै उनले दिगोपन र समानताको भावनाले निर्देशित योजनाबद्ध शहरीकरणले शहरमा मर्यादित रोजगारी, आर्थिक वृद्धि र लगानीका अवसर ल्याउने बताइन्।

नयाँ शहरी एजेण्डाअनुरूप नेपालले शहरीकरणका लागि राष्ट्रिय मापदण्ड निर्धारण गर्नुका साथै राष्ट्रिय रणनीति र निर्देशिका लागू गरेको, आवास अधिकार ऐन–२०१८ कार्यान्वयन कार्यान्वयन गरेको तथा ‘सुरक्षित नागरिक आवास कार्यक्रम’अन्तर्गत तीन हजारभन्दा बढी घर निर्माण गरी असुरक्षित अवस्थामा रहेका परिवारलाई हस्तान्तरण गरेको उनले जानकारी महासभामा जानकारी गराइन्।

सन् २०४५ सम्ममा नेट–शून्य उत्सर्जन लक्ष्य हासिल गर्ने नेपालको प्रतिबद्धताबारे जानकारी दिँदै शहरी विकासमन्त्री झाँक्रीले प्रदूषण तथा फोहर व्यवस्थापन र स्वच्छ ऊर्जा प्रवर्द्धन गर्न वातावरणमैत्री सहरी विकास योजनामा जोड दिइने बताएकी छन्। नेपाल भूकम्पीय जोखिममा रहेको र विगतमा अतिशक्तिशाली कम्पन भएकाले पुराना शहरी क्षेत्रलाई भविष्यमा हुने भूकम्पबाट जोगाउन प्रवलीकरण र सुदृढीकरणमा विशेष ध्यान दिइएको उनले बताइन्।

विकासमन्त्री झाँक्रीले नयाँ शहरी एजेन्ण्डा कार्यान्वयनका लागि राष्ट्रसङ्घीय प्रणालीलगायत विकास साझेदारलाई वित्तीय र प्राविधिक सहयोग सुनिश्चित गर्नसमेत आह्वान गरेकी छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *