राप्रपाबाट एक दम्पती मेयर-उपमेयरका उम्मेदवार

काठमाडौँ । स्थानीय तह निर्वाचनमा मेयरदेखि सदस्यसम्मको उम्मेदवार बन्न नेताहरूले निकै लबिङ गर्नुपरेको हुन्छ । यति गर्दापनि धेरैले टिकट पाउँदैनन् ।

शीर्ष राजनीतिक दलमा टिकट नपाएपछि असन्तुष्टि बढ्दै गएको पनि छ । कसैले बागी उम्मेदवारी दिएका छन् भने कोही पार्टी नै परित्याग गरेर अर्को पार्टीबाट उम्मेदवार बनेका छन् । तर बर्दियामा भने एक एक दम्पती मेयर-उपमेयरको टिकट पाए ।

जिल्लाका राजापुर नगरपालिकाको मेयर-उपमेयरका लागि राजापुर-३ चखखापुरका ५४ वर्षीय राममणि उपाध्याय र उनकी श्रीमती ४३ वर्षीया सम्झना उपाध्यायले टिकट पाएका हुन् । उनीहरूले मनोनयन दर्ता गरेका छन् । ०५४ सालदेखि ०५९ सालसम्म साबिक राजापुर गाविसबाट राप्रपाबाट उपाध्यक्षमा निर्वाचित उपाध्याय यसपालि मेयर र श्रीमती उपमेयर पदका लागि उम्मेदवार बनेका हुन ।

पार्टीका उच्चस्तरीय र तल्ला कार्यकर्ताको आग्रहमा उम्मेदवार बनेको उनीहरू बताउँछन् । निर्वाचित भए महिला हिंसा, भ्रष्टाचार,महँगी र कर छुटमा काम गर्ने उपमेयरकी उम्मेदवार सम्झनाको प्रतिबद्धता छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *