मुस्ताङमा बस पल्टियो, एक तीर्थयात्रीको मृत्यु

२०७९ वैशाख १५ गते

पोखरा । मुस्ताङमा बस पल्टिँदा १ जनाको मृत्यु भएको छ।
मुक्तिनाथ दर्शन गरेर जोमसोम फर्किँदै गरेको ना ५ ख २१४९ नम्बरको बस कागबेनी मोडमा दुर्घटना भएको हो। स्कुटरलाई ठक्कर दिएर बस अनियन्त्रित भएको हो। दुर्घटनामा १२ जना गम्भीर घाइते छन्। बसको ठक्करबाट कागबेनीका मिङ्मर गुरुङको मृत्यु भएको मुस्ताङ प्रहरीले जनाएको छ।
विराटनगरबाट मुक्तिनाथ दर्शनका लागि उनीहरू त्यसतर्फ गएका हुन्। घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

२०७९ वैशाख १५ गते
प्रतिक्रिया
सम्बन्धित