उपमेयरकी उम्मेदवार कार्कीको मनोनयन सदर

विराटनगर । मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरले एमालेबाट उपमेयरकी उम्मेदवार शिल्पा निराला कार्कीको मनोनयनलाई सदर गरेको छ।

कार्कीविरुद्ध परेको उम्मेदवारी खारेजीको दाबी विरोध निर्वाचन आयोगले बदर गरेको हो। दाबी विरोधको उजुरी अनुसार दाबी नपुग्ने भन्दै आयोगले निवेदन बदर गरेको मुख्य निर्वाचन अधिकृत भरत लम्सालले जानकारी दिए। दाबी विरोधको समयमा विराटनगर महानगरपालिकामा परेको ४ वटा उजुरीमध्ये कुनैमा पनि दाबी विरोध नपुगेकोले मनोनगय सदर भएको उनले बताए। दाबी विरोधको उजुरी परेका चारैजनाको उम्मेदवारी सदर भएको छ।

उपमेयर कार्कीको हकमा दाबी विरोधमा उल्लेख भएको व्यहोरा अनुसार निर्वाचन आयोगले मनोनयन जाँच गर्ने अन्तिम समय बिहीबार ५ बजेसम्म राजीनामा गरिसकेको देखिएकोले मनोनयन सदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा २०७९ बैशाख ११ नै राजीनामा दिएको र निर्वाचन आयोगबाट मनोनयन जाँच गर्ने अन्तिम समयसम्म राजीनामा गरिसकेको र दाबी विरोधमा उल्लेख गरिएको पदको जिम्मेबारीबाट हटेको देखिनाले मनोनयन सदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

जनता समाजवादी पार्टीको तर्फबाट उपमेयरका उम्मेदवार अमरेन्द्र यादवले कार्कीविरुद्ध उम्मेदवारी खारेजीको माग गर्दै उजुरी दिएका थिए। अस्पताल विकास समितिको सदस्य रहेको भन्दै सरकारी सुविधा उपभोग गरेकोले उम्मेदवार खारेज गर्नु पर्ने उनको दाबी थियो। उपमेयरका उम्मेदवार यादव विराटनगर महानगरपालिकामा गठबन्धनबाट उपमेयरका उम्मेदवार हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *