प्रशिक्षक अलमुताइरीको कार्यशैलीप्रति असन्तुष्टि; ९ खेलाडीले छाडे प्रशिक्षण क्याम्प

काठमाडौँ । राष्ट्रिय फुटबल टिमको प्रशिक्षण क्याम्पबाट ९ असन्तुष्ट खेलाडी बाहिरिएका छन्। प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनीहरू क्याम्पबाट बाहिरिएका हुन्।

क्याम्पबाट बाहिरिनेमा सिनियर खेलाडी रोहित चन्दसहित ९ खेलाडीले रहेका छन्। रोहितले प्रशिक्षकको कार्यशैलीप्रति असन्तुष्टि जनाएपछि उनको समर्थनमा अन्य ८ खेलाडी थपिएका हुन्। सिनियर खेलाडी रोहितले खेलाडीको सुविधाको विषयमा कुरा उठाउँदा प्रशिक्षक अलमुताइरीले रुष्ट व्यवहार प्रदर्शन गरेपछि खेलाडीहरू भड्किएका हुन्। रोहितले खेलाडीको खाने-बस्ने सुविधाको विषयमा कुरा गर्दा प्रशिक्षक अलमुताइरी रिसाएको बताइएको छ।

रोहितको असन्तुष्टिपछि प्रशिक्षक अलमुताइरीले असन्तुष्टहरूले प्रशिक्षण क्याम्प छाड्न सक्ने बाटो देखाएपछि उनीसँगै ९ खेलाडीले क्याम्प छाड्ने निर्णय गरेका हुन्। यद्यपि, राष्ट्रिय टिमका व्यवस्थापक मधुसुदन उपाध्यायले भने रोहितले चोटका कारण केही दिनदेखि अभ्यासमा नआएको बताएका छन्। हाल नेपाली टिमलाई एएफसी एसियन कप २०२३ को छनोटका लागि बन्द प्रशिक्षणमा राखिएको छ। अघिल्लो सातादेखि बोलाइएको प्रशिक्षणमा २५ खेलाडीलाई थिए।

गत मंगलबार साँझको टिम मिटिङपछि विशाल राई, अनन्त तामाङ, विमल घर्तिमगर, अन्जन विष्टसहित खेलाडीले होटल छाडेका थिए। जसका कारण बुधबारको अभ्यासमा रोहितसहित ९ खेलाडी अनुपस्थित थिए। राष्ट्रिय टिमको व्यवस्थापन पक्षले खेलाडीहरूले प्रशिक्षण क्याम्प छाडेको जानकारी अखिल नेपाल फुटबल संघ (एन्फा)लाई जानकारी गराइसकेको सूचना आइरहँदा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले भने सो विषयमा आफूले तत्काल कुरा गर्न नसक्ने प्रतिक्रिया दिएका छन्। उनले आफू तत्काल बाहिर भएकोले पछि कुरा गर्ने बताएका हुन्। तर उनले खेलाडी र प्रशिक्षकबीच विवाद भएको कुरा भने स्नवीकार गरेका छन्।

आगामी जेठ ११ र जेठ १५ मा नेपालले एसियन कपको छनोटको तयारीका लागि मैत्रीपूर्ण खेल अफगानिस्तानसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ। एक महिना स्वदेशमा अभ्यास गरेपछि नेपाली टिम कतार जाने कार्यक्रम छ। एसियन कप छनोटमा नेपाल कठिन समूहमा छ। समूह ‘ए’ मा नेपालसहित जोर्डन, कुवेत र इन्डोनेसिया छन्। समूहको शीर्ष टिम एसियन कपमा छनोट हुनेछ भने दोस्रो हुने टिमको पनि सम्भावना रहने बताइएको छ।

जेठ २५ मा सुरु भएर जेठ ३१ मा सकिने यस मैत्रीपूर्ण खेलमा नेपाल सम्मिलित समूहका खेल कुवेतमा हुने जनाइएको छ। नेपालले पहिलो खेलमा जोर्डनसँग कुवेत सिटीमा प्रतिस्पर्धा गर्नेछ भने जेठ २८ गते कुवेतसँग र  जेठ ३१ गते इन्डोनेसियासँग भिड्नेछ।

छनोटका लागि घोषणा गरिएको नेपाली टिम यस प्रकार छः

गोलकिपर
किरण कुमार लिम्बु
दीप कार्की
विशाल श्रेष्ठ

खेलाडीहरूः
अनन्त तामाङ
अन्जन विष्ट
एरिक विष्ट
आयुष घलान
विकास खवास
विमल घर्तिमगर
दर्शन गुरुङ
देवेन्द्र तामाङ
दिनेश राजवंशी
गौतम श्रेष्ठ
मनिष डाँगी
नवयुग श्रेष्ठ
पुजन उपरकोटी
रोहित चन्द
सन्तोष तामाङ
सुजल श्रेष्ठ
सुमन अर्याल
सुमन लामा
सुनील बल
सुरजज्यू ठकुरी
तेज तमाङ
विशाल राई

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *